नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाई राजपा सांसद यादवको आग्रह – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाई राजपा सांसद यादवको आग्रह

    मा प्रकाशित

कनिका खबर
असार ९, काठमाडौँ ।
राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद महेन्द्र राय यादवले अङ्गीकृत नागरिकता समस्याबारे सहमति खोज्न सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष नेपालमा स्थायी रुपमा बसोबास गरेपछि मात्र अङ्गीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको सहमतिको विरोध गरे । यस्तो बेला द्वन्द्वको स्थिति सिर्जना हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने उनले बताए ।
समाजवादी पार्टीका सांसद प्रदीप यादवले पनि राज्य व्यवस्था समितिको निर्णयको विरोध गरे । यो निर्णय नसच्याए आन्दोलनको विकल्प नहुने उनले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्