क्वारअन्टिनलाई महिला मैत्री बनाउने प्रदेश सरकारको तयारी – Kanika Khabar
Monday, December 8Nepali News Portal

क्वारअन्टिनलाई महिला मैत्री बनाउने प्रदेश सरकारको तयारी

    मा प्रकाशित

कनिका खबर
असार ९, दाङ ।
क्वारअन्टिनहरुलाई थप व्यवस्थित बनाउन र महिलाहरुको लागि अलग्गै क्वारअन्टिन निर्माण गर्नमा स्थानीय सरकारसँग सम्मन्वय गर्न तयार रहेको प्रदेश सरकारहरुले बताएका छन् । देशमा कोरोना भाइरसका सङ्क्रमितहरु थपिंदै गएका छन् । क्वारअन्टिनमा बस्नेहरु पनि घटेका छैनन् । क्वारअन्टिनमा महिलाहरुमाथि हिंसा भएको विषय बाहिरिरहेको समयमा प्रदेश सरकारहरुले महिलाहरुको लागि अलग्गै स्थानमा क्वारअन्टिन बनाउन तयार रहेको बताएका हुन् ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनी मन्त्री ज्ञानेन्द्र यादबले स्थानीय सरकारलाई महिलाहरुको लागि अलग्गै क्वारअन्टिन बनाउन आग्रह गर्ने तथा आवश्यक परेको खण्डमा स्थानीय तहलाइ रकम पनि बिनियोजन गर्ने बताए ।
कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले अब क्वारअन्टिनमा बस्ने महिलाहरुको सङ्ख्या बिस्तारै कम हुँदै गइरहेको अबस्थामा उनीहरुलाई क्वारअन्टिनभित्र कसरी सुरक्षित राख्ने भन्ने बारेमा छलफल चलिरहेको जानकारी दिए ।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पहिलेदेखि नै महिला र पुरुषहरुको लागि अलग्गै क्वारअन्टिन रहेको भन्दै अब ती क्वारअन्टिनलाई थप व्यवस्थित बनाउने बारेमा सरकारले काम गरिरहेको बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्