दाङ साइन्टिस्ट ग्रुप -२०२० गठन – Kanika Khabar
Friday, March 28Nepali News Portal

दाङ साइन्टिस्ट ग्रुप -२०२० गठन

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १२, दाङ ।

प्रदेश ५ का वैज्ञानिकहरुकाे समूह लुम्विनी वैज्ञानिक समूह- २०२० काे जिल्लागत समुह दाङ वैज्ञानिक समूह -२०२० गठन गरिएकाे छ । काेभिड -१९ काे महामारीमा व‌ैज्ञानिकहरुकाे सामाजिक तथा मानवीय दायित्वलाई घनिभूत बनाउने उद्देश्यले नास्टका वैज्ञानिक प्रा. डा. दिनेशराज भुजुकाे अग्रसरतामा याे समूह निर्माण गरी वैज्ञानिक बिचमा छलफल, बहस तथा अन्तरक्रिया गरी यस विषम परिस्थितिमा राज्यका विभिन्न निकायहरुलाई सहयाेग गर्ने गरी काम गरिरहेकाे छ ।

यस समूहमा प्रदेश ५ का १२ जिल्लाका विभिन्न विषय सम्बद्ध वैज्ञानिकहरुकाे विशेष सहभागिता रहेकाे छ । यस समूहले प्रदेश ५ का सबै जिल्लामा अाफ्नाे नेटवर्क बनाउन जिल्लागत समूह गठन गरी अा- अाफ्नाे विषयगत क्षेत्रबाट जनचेतना जगाउन यस सम्बन्धित जानकारी,अाफ्ना अनुभव, विभिन्न अनुसन्धानका निचाेडहरुकाे जनमानसमा जानकारी गराउनकाे लागि पत्रकार, सञ्चार माध्ययमहरुसँग समन्वय गरी उहाँहरु मार्फत जानकारी गराउने छ ।

याे महामारीका कारण, उत्पत्ति, यसका विभिन्न चरण र यसबाट सुरक्षित हुन, संक्रमण बढ्न नदिने उपायहरुकाे विषयमा स्थानीय, प्रदेश तथा संघीय सरकारलाई सल्लाह तथा स्वयंसेवककाे रुपमा समेत सहयाेग गर्ने यस समूहकाे उद्देश्य रहेकाे समूहमा अावद्ध प्रकाशचन्द्र घिमिरेले बताए । देशमा विद्यमान बन्दाबन्दी ( लकडाउन) काे विषम परिस्थितिमा उक्त समूहले अनलाइन छलफल र वहस गर्दै अाईरहेकाे छ र छिट्टै पत्रकार तथा सराेकारवाला सरकारका निकायहरु मार्फत नागरिक समाजसँग जानकारी तथा सेवा प्रवाह गर्ने याेजना रहेकाे दाङ साइन्टिस्ट समूहकाे लक्ष्य रहेकाे छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्