मा प्रकाशित
कनिका खबर
असार ९, कास्की ।
पछिल्लो अद्यावधिक अनुसार मंगलबार साँझ गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु बाग्लुङ, कास्की पर्वत, नवलपरासी पूर्व, तनहुँ, स्याङ्जा र गोरखाका छन् ।
नयाँ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ ।