बिहारका राज्यमन्त्री नितिशले दिए पदबाट राजीनामा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

बिहारका राज्यमन्त्री नितिशले दिए पदबाट राजीनामा

    मा प्रकाशित

साउन २४, दाङ ।
भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

राजधानी पटनामा राज्यपाल फागू चौहानलाई भेटेर उनले आफ्नो राजीनामापत्र हस्तान्तरण गरेको भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले जनाएको छ ।

राजीनामापश्चात उनले भाजपाबाट अलग हुने सबैको इच्छा रहेको भन्दै विधायक एवम् सांसदहरुसँगको समन्वयमा पछिल्लो निर्णय लिइएको बताए ।

उनले अब नयाँ बाटोबाट सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । आजतकका अनुसार उनले बिहार विधानसभामा आफूसँग १६० जना विधायकहरुको समर्थन रहेको दाबी गरेका छन् । २४३ सिट रहेको बिहार विधानसभामा सरकार बनाउन केबल १२२ सिट पर्याप्त हुन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्