गठबन्धन कार्यदलको बैठक : तयार भयो सिट बाँडफाँडमा मापदण्ड, बुधबार केही निर्णय सार्वजनिक गरिने – Kanika Khabar
Saturday, May 4Nepali News Portal

गठबन्धन कार्यदलको बैठक : तयार भयो सिट बाँडफाँडमा मापदण्ड, बुधबार केही निर्णय सार्वजनिक गरिने

    मा प्रकाशित

साउन ३०, दाङ ।
पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि मापदण्ड तयार गरेको छ । सिट बाँडफाँडका लागि गठन गरेको कार्यदलले नेतृत्वलाई प्रतिबेदन तयारी गरेको हो ।

सत्ता गठबन्धन कार्यदलले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटको मापदण्डसहितको प्रतिवेदन शीर्ष तहमा बुझाउन लागेको हो ।

 

सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुने भएको छ ।

एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीलाई गठबन्धनले पहिलो पटक संघीय निर्वाचनमा भाग लिन लागेको भन्दै विशिष्ट रुपमा राखेर निर्णयमा पुग्ने भएको छ । स्रोतका अनुसार एकीकृत समाजवादीका लागि विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने तयारीमा कार्यदल रहेको छ ।

कार्यदलमा गत निर्वाचनमा जितेको स्थानमा सम्बन्धित दलको दाबेदारी रहने व्यवस्था रहँदा एमालेले जितेको स्थानमा एकीकृत समाजवादीको दाबी रहने अवस्था बन्छ । तर, स्थानीय तह निर्वाचनमा प्राप्त मतमा एकीकृत समाजवादीको मत न्यून आएको थियो ।

कार्यदलले प्रतिवेदन बुझाएपछि आगामी बुधबार ४ बजे केही निर्णय सार्वजनिक गरिने स्रोतले जनाएको छ । साथै स्रोतका अनुसार सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको मापदण्ड २०७४ सालको निर्वाचनमा प्राप्त समानुपातिक मत र स्थानीय निर्वाचनमा प्राप्त मत हुनेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्