स्थानीय सरकारको बजेट आज आउँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

स्थानीय सरकारको बजेट आज आउँदै

    मा प्रकाशित

कनिका खवर
असार १०, दाङ
देशभरका स्थानीय पालिकाहरुले आज अगामी आर्थिक वर्ष नीति, कार्यक्रम र बजेट आआफ्ना गाउँ र नगर सभामा पेस गर्दैछन् ।
पालिकाहरुले असार १० भित आफ्ना सभामा नीति, कार्यक्रम तथा बसजे पेस गरिसक्नुपर्ने व्यवस्था छ । केही पालिकाले नीति, कार्यक्रम तथा बजेट समेत पालिका सभामा पेश गरिसकेका छन् भने धेरै आज पेश गर्ने तयारीमा छन् ।
कोरोना संक्रमणको विचमा आउन लागेको बजेटमा, कोरोना संक्रमण जोखिमपछिको अवस्था, स्वास्थ्य, कृर्षि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम तथा बजेट बनाइएको पालिकाहरुले दावि गरेका छन् । यस अघि संघिय बजेट जेठको १५ गते र प्रादेशिक सरकारहरुको बजेट असार १ गते प्रस्तुत भइसकेको छ ।
पालिकाहरुले पेश गरेको बजेट सभाबाट स्वीकृत भएपछि मात्रै खर्च गर्न मिल्ने कानूनि व्यवस्था छ । यसअघि नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकाहरुलाई पत्राचार गरी संवैधानिक व्यवस्था अनुसार नै बजेट पेस गर्न परिपत्र गरिसकेको थियो ।
संघ र प्रदेश सरकारले समानीकरण अनुदान, राजस्व बाँडफाँडबाट प्राप्त अनुदान, विशेष र सशर्त अनुदान शीर्षकमा पालिकालाई रकम उपलब्ध गराएका छन् । पालिकाहरुले, संघ र प्रदेशबाट प्राप्त रकम र पालिकाको आफ्नै आन्तरिक स्रोतका आधारमा बजेट ल्याउने तयारी गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार तोकिएको समयभित्र आगामी आर्थिक वर्षको बजेट पेश नगर्ने पालिकालाई संघले अनुदान रोक्न सक्ने व्यवस्था छ । पोहोर समयमा बजेट नल्याएका केही पालिकालाई अनुदान घटेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्