नेकपाकोे स्थायी कमिटी बैठक आज बस्दै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेकपाकोे स्थायी कमिटी बैठक आज बस्दै

    मा प्रकाशित

कनिका खवर
असार १०, दाङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्न लागेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ११ बजे बस्ने तय भएको उक्त बैठमका एमसीसी तथा अन्य समसामयिक राजनीतिक विषयबस्तुमा छलफल हुने बताइएको छ ।
पार्टीको आन्तरिक विवादका कारण यसअघि दुईपटकसम्म मिति तोकेर पनि स्थायी समितिको बैठक स्थगन भएको थियो । पार्टीको विधानमा व्यवस्था भए अनुसार कम्तीमा एक हप्तामा एकपटक सचिवालय बैठक बस्नुपर्ने भएपनि जेठ १७ यता सचिवालयको बैठक समेत बस्न सकेको छैन् ।
एमसीसीको विषयमा पार्टीभित्र स्पष्ट दुईधार देखिएको र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको थियो ।
आजको बैठकमा छलफल हुने एजेण्डाको बारेभा कुनै जानकारी नगराइएको भएतापनि कारोना महामारी, एमसीसी लगायतका विषयमा छलफल हुने नेकपाका स्थायी समिति सदस्यले बताएका छन् ।
प्रधानमन्त्री एवं नेपपाका पार्टी अध्यक्ष समेत रहेका के.पी. ओलीको कार्यशैलीकोपार्टी भित्रैबाट चर्को आलोचना भइरहेको समयमा बस्न लागेको सत्तासिन पार्टीको स्थायी कमिटिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्