मेक्सिकोमा शक्तिशाली भुकम्प – Kanika Khabar
Friday, February 14Nepali News Portal

मेक्सिकोमा शक्तिशाली भुकम्प

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।
मेक्सिकोमा मंगलवार शक्तिशाली भूकम्प गएको छ । अमेरिकन भू–गर्भ सर्वेक्षणका अनुसार ७।४ रेक्टरको भूकम्पको धक्का महसूस गरिएको हो ।

शक्तिशाली भूकम्प गएसँगै अमेरिकी भूगर्भीय सर्वेक्षण युएस नेशनल ओशनिक एण्ड वायुमण्डल प्रशासनले सुनामी आउन सक्ने भन्दै चेतावनी दिएको छ ।
प्रशासनले मेक्सिको, दक्षिणी मेक्सिको, एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरासमा सुनामी आउन सक्ने चेतानवी दिएको हो ।

मेक्सिको शक्तिशाली भूकम्प गएपछि मानिसहरु घरबाहिर निस्केका थिए । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भूकम्पका कारण भवनहरु हल्लिएका थिए भने हजारौं मानिस आतंकित बनेका थिए । (समाचार एजेन्सीको सहयोगमा)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्