“जनताको साथमा कांग्रेस अभियान” प्रारम्भ – Kanika Khabar
Saturday, May 18Nepali News Portal

“जनताको साथमा कांग्रेस अभियान” प्रारम्भ

    मा प्रकाशित

भदाै ११, दाङ ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं २ (क) को घुम्ती बैठक-अन्तरकृया कार्यक्रम संगै “जनताको साथमा कांग्रेस अभियान” कार्यक्रम प्रारम्भ भएकाे छ ।

नेपाली कांग्रेस प्रदेस सभा क्षेत्रीय कार्य समिति क्षेत्र नं २ (क) ले नियमित रुपमा गरिदै आएको घुम्ती बैठकसँगै अन्तरक्रिया कार्यक्रम भाद्र महिनाको घुम्ती कार्यक्रम र नेपाली कांग्रेसले अभियानको रुपमा राखेको “जनताको साथमा कांग्रेस “अभियान कार्यक्रमको प्रारम्भ घोराही उपमहानगर पालिका वडा नं १८ को मसिनामा भव्य कार्यक्रम का बीच सम्पन्न गरेको छ।
नेपाली काग्रेस क्षेत्र नं २ (क)का सभापति प्रकाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्विनि प्रदेस का उप सभापति माननीय राजु खनालले देश र जनताको हितमा र आर्थिक रुपले समृद्ध राष्ट्र निर्माणको लागि नेपाली कांग्रेस निर्विकल्प रहेको प्रमाणित भइसकोकोले सम्पूर्ण नेता कार्यकर्ता अव निर्वाचनको तयारीमा जुट्न अपिल गर्नुभएको थियो। नेता खनालले अनुशासन बिना कोहि पनि अगाडि बढ्न नसक्ने भएको सबैले अनुशाशीत भएर एक अर्काको अस्तित्व स्विकार गरेर एक ढिक्का भएर अगाडि बढ्न सम्पूर्ण नेता कार्यकर्तालाई आह्वान गर्नुभयो।

सो कार्यक्रमका बिशिष्ट अतिथि नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भिम प्रकाश खड्काले मंसिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई उत्साहका साथ पर्वको रुपमा लिन र आफ्ना उमेदवारको पक्षमा कुनै द्वेष नराखी निर्वाचनको तयारीमा लाग्न आह्नान गर्नुभयो।
कार्यक्रम महाधिबेशन प्रतिनिधिहरु बद्री खड्का ,किरण किशोर घिमिरे,गोपाल राज शर्मा,नेपाली कांग्रेस जिल्ला कार्य समिति दाङका सदस्य बिर बहादुर खत्री, क्षेत्र नं २ का सचिब हिम बहादुर डाँगी,क्षेत्र नं २ का सदस्य मधुसुदन अधिकारी,घोराही १८ का सभापति केशर रावत,क्षेत्रीय प्रतिनिधि मधु हमाल ,मङगल घर्ती,गणेश बेलवासे लगायत ले आ-आफ्नो धारणा राख्नु भएको थियो।
सो अवसरमा हल तथा चिया खाजा ब्यवस्थापन गर्नुहुने क्षेत्रीय प्रतिनिधि बिक्रम कुवरलाई सम्मान गरिएको थियो। नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति का सचिव माया कुमारी पोखरेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अर्का सचिव शिशिर अधिकारीले गर्नुभएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्