एमालेले टुङ्ग्यायो प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारको मापदण्ड – Kanika Khabar
Saturday, May 18Nepali News Portal

एमालेले टुङ्ग्यायो प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारको मापदण्ड

    मा प्रकाशित

भदौ १२, काठमाडौँ ।
नेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मापदण्ड निर्धारण गरेको छ । शुक्रबार र शनिबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले मापदण्ड तयार पार्दै यही २२ भदौभित्र उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाइ निर्देशन दिएको छ ।

एमालेले पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशिता तथा निर्वाचन कानुन बमोजिमको योग्यता भएको व्यक्तिलाइ उम्मेद्वार बनाउन सक्ने परिमापदण्ड तोकेको हो । बैठकले प्रतिनिधिसभाका लागि सम्बन्धित प्रतिनिधिसभा क्षेत्र समन्वय कमिटी र प्रदेशका लागि सम्बन्धित प्रदेश सभा क्षेत्र समन्वय कमिटीबाट उम्मेदवारको सिफारिस गर्न निर्देशन गरेको हो ।

क्षेत्रीय कमिटीहरूले गरेको सिफारिसमा आवश्यक भए जिल्ला र प्रदेशले राय सहित सिफारिस गर्न निर्देशन गरिएको प्रचार बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसरी सिफारिस गर्दा एक महिला सहित ३ जनाको नाम सिफारिस गर्नुपर्नेछ । यस्तै समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकालाइ फेरि नदोहो¥याउने निर्णय पनि गरेको छ ।

स्थानीय तहमा निर्वाचित भएकाहरूलाई पनि राजीनामा दिएर संघीय तथा प्रदेशसभाको सांसद नपाउने गरी मापदण्ड निर्धारण गरेको छ । समानुपातिक तर्फको बन्दसूची तयार पार्दा प्राप्त अवसरको न्यायोचित वितरण हुने गरि सुची निर्धारण गर्ने निर्णय भएको पनि गुरुङले बताउनुभयो ।

बैठकले आगामी निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय पनि गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गर्नुभयो । बैठकलाई सम्बोधन गर्दै उहाँले तर त्यस्तो एकता सक्कली हुनुपर्ने पनि बताउनुभयो । एकताको नाममा अल्मलिने भूल एमालेले नगर्ने पनि प्रष्ट्याउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्