नेविसंघले उपकुलपतिको कुर्सी जलायो – Kanika Khabar
Wednesday, March 3Nepali News Portal

नेविसंघले उपकुलपतिको कुर्सी जलायो


    मा प्रकाशित

कनिका खबर
असार १०, काठमाडौँ ।
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुुलपतिको कुर्सी जलाएको छ । विश्वविद्यालयमा मनोमानी ढङ्गले नियुक्ति भएको भन्दै नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डाक्टर धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएको छ ।

नेविसङ्घ त्रिभुवन विश्वविद्यालय इकाइ समितिका विद्यार्थीले उपकुलपति बाँस्कोटाको कुर्सी जलाएका हुन् । उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गर्न गएको टोलीले कुर्सी जलाएको छ भने त्रिविको उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी पनि गरेको प्रहरी प्रभाग कीर्तिपुरले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्