मंसिर ४ : दाङ काङ्ग्रेसमा युवाको आकांक्षा बढ्दो – Kanika Khabar
Saturday, May 18Nepali News Portal

मंसिर ४ : दाङ काङ्ग्रेसमा युवाको आकांक्षा बढ्दो

    मा प्रकाशित
दुर्लभ केसी र अभियान बस्नेत

भदौ १४, दाङ ।
आसन्न संघीय तथा प्रदेश निर्वाचनका लागि आकांक्षीहरुले नाम सिफारिसका लागि अनुरोध सुरु गरेका छन् । नेपाली काङ्ग्रेस दाङमा पनि यसपालि युवाहरुको आकांक्षा बढ्दै गएको पाइएको छ । यसअघिका निर्वाचनमा युवाहरुको आकांक्षा न्यून रहे पनि यस पटक भने युवाहरु निर्वाचनमा उम्मेदवार बन्न कम्मर कसेर लागेका छन् ।

सोमबार दाङ क्षेत्र नं. २ (क) ले डाकेको भेलामा आकांक्षीहरुले नाम सिफारिका लागि अनुरोध गरिरहँदा युवाहरुको क्रियाशीलता र आकांक्षा पनि त्यतिकै ‘दबदबा’ रहेको देखियो । प्रदेश २ (क) मा युवाहरुको नेतृत्वसहित प्रत्यक्ष निर्वाचनमा घोराही उपमहानगरपालिका वडा नं. १३ का दुर्लभ केसीले आफ्नो नाम ‘दर्ज’ गरे । उम्मेदारी सिफारिसका लागि अनुरोध गर्दै उनले भने, ‘देशभर युवाहरुको माहोल चलिरहेको छ । जनताको भरोसा र आशाका केन्द्र अहिले युवाहरु बनिरहेका छन् । अब युवा अगाडि सर्नुपर्ने बेला भएको छ । पार्टीको गरिमालाई अझ उँचो राख्न, संघीय उम्मेदवारसम्मलाई टेवा पु¥याउन तथा युवा पिढीको प्रतिनिधित्व गर्दै मेरो उम्मेदवारी रहने छ ।’

विद्यार्थी जीवनदेखि नै राजनीति गर्दै आएका केसी अहिले काङ्ग्रेस घोराही नगर समितिका उपसभापति छन् । युवाका बिचमा लोकप्रिय रहेका केसी राजनीतिसँगै समाजसेवामा जोडिएका छन् । काङ्ग्रेसभित्र एउटा बलियो सम्भावना रहेका उम्मेदवारमा हुन् । हक्की स्वभावका केसी प्रष्ट वक्ता मानिन्छन् ।

त्यस्तै प्रदेश २ (ख) मा पनि आकांक्षीहरु बढ्दै जान थालेका छन् । प्रदेश २ (ख) मा पनि युवाहरुको ‘दबदबा’ रहने प्रष्ट रहेको छ । युवाहरुकै प्रतिनिधित्व गर्दै प्रदेश २ (ख) का सभापति समेत रहेको अभियान बस्नेत आकांक्षीका रुपमा रहेका छन् । सालीन तथा भद्र स्वभावका बस्नेत एउटा बलिययो उम्मेदवार मानिन्छन् । हार्न नजानेका बस्नेतले अहिलेसम्म कुनै निर्वाचन हारेका छैनन् । पार्टीभित्रका निर्वाचन होऊन वा संघसंस्थाका निर्वाचन, आफू उम्मेदवारी रहेका निर्वाचन उनले जितेरै छाडेका छन् । चुनावी रणनीतिमा बस्नेत ‘माहिर’ मानिन्छन् ।

‘युवाहरु देशका आधार स्तम्भ हुन् । आशा हुन्, भरोसा हुन् । जनताका रोजाईका पात्र अहिले युवा भएका छन् । स्थानीय निर्वाचनले पनि यसलाई पुष्टि गरिसकेको छ । जनता अब काम चाहन्छन्, विकास चाहन्छन् र परिवर्तन चाहन्छन् । यी सबै चाहनाका लागि जनताको रोजाइ युवा वर्ग नै हुन् । जसका लागि पनि म प्रदेश २ (ख) को आकांक्षीका रुपमा रहेको छु । निर्वाचनमा जितको असम्भव भने देख्दिन ।’
बस्नेत युवा वर्गका् मात्र होइन अघिल्लो पुस्ताका पनि रोजाइका पात्र हुन् ।

आगामी निर्वाचनमा बढ्दै गएको युवाको आकांक्षालाई पार्टीभित्र भने कसरी हेरिने त्यो हेर्न बाँकी छ । स्वतन्त्र समूहले अघिल्ला पुस्तालाई ‘नो नट अगेन’ अभियान चलाइरहेको बेला त्यस्तो अभियानलाई काउन्टर दिने पार्टीको रणनीतिमा युवा उम्मेदवार रहन जरुरी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्