समयसीमाभित्रै एमसीसीको सम्भावना टर्यो – Kanika Khabar
Friday, February 14Nepali News Portal

समयसीमाभित्रै एमसीसीको सम्भावना टर्यो

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।
समयसीमाभित्रै एमसीसीको सम्भावना टरेको छ । प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेलाई बोलाएपछि यस्तो समभावना टरेको हो । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) तोकिएको समयमा पारित नहुने पक्का भएको हो । एमसीसी परियोजनासम्बन्धी सम्झौता असार १६ गतेभित्र संसदबाट पारित भइसक्ने समझदारी थियो ।

विद्युत् प्रसारण लाइन र सडक सुधारको लागि अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई पाँच सय मिलेनियम अमेरिकी डलर अर्थात् झण्डै ५५ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता भएको छ । तर यो सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने, भारततर्फको प्रसारण लाइनको लागि भारतको सहमति चाहिनेलगायतका केही शर्तका कारण नेपालमा यसको विरोध पनि भइरहेको छ ।

यद्यपि एमसीसीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै नेताहरुबीच विवाद रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्