सिट बाँडफाट : सकस बन्दै सत्ता गठबन्धनमा – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सिट बाँडफाट : सकस बन्दै सत्ता गठबन्धनमा

    मा प्रकाशित

भदौ १५, दाङ ।

आगामी मङ्सिर ४ गते हुने चुनावमा सीट बाँडफाँट गर्न सत्ता गठबन्धनका लागि त्यति सजिलो देखिएको छैन । निर्वाचनको मिति नजिकिदै जाँदा सिट बाँडफाँडका लागि बैठक बसे पनि केही दिनदेखि बसेका लगातारका बैठक निष्कर्षविहीन बन्दै आएका छन् । सिट बाँडफाँडका लागि बनाइएका मापदण्डमा सहमति कायम हुन नसक्दा समस्या झनै जटिल बन्दै गएका छन् ।
यस अघिको निर्वाचनमा एमालेसँग गठबन्धन गरेर निर्वाचन लडेको माओवादी केन्द्र र एमालेबाट फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी दलले आआफ्नै दावी लिइरहँदा सिट बाँडफाँडमा झनै कठिन भइरहेको स्रोतले जनाएको छ । यसअघिकै निर्वाचनमा भएका विजयी क्षेत्रका आधारमा जाने या स्थानीय निर्वाचनका आधारमा जाने या अर्को कुनै नयाँ शिराबाट जाने भन्ने विषयमा भन्दा पनि अंक गणितीय आधारमा सिटको दाबी गर्दा समस्या परेको स्रोतको ठहर छ ।
सीट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । सीट बाँडफाँटका विषयमा कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरिरहेका छन् ।

सत्ता गठबन्धनमा सहभागी दलहरूले आ–आफ्नो दाबी छोड्न तयार नभएपछि शीर्ष नेताहरु बसेर छलफल गर्न लागेका हुन् । कार्यदलमा धेरै पटक छलफल गरेपनि सहमति हुन नसकेपछि शीर्ष नेताहरु बसेर छलफल गर्न लागेका हुन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरू बस्नुअघि नेपाली काँग्रेसका पदाधिकारी र पूर्व पदाधिकारी बसेर छलफल गरेका थिए ।

सत्ता गठबन्धनमा काँग्रेसले १ सय सिट पाउनुपर्ने दाबी गर्दा माओवादी केन्द्रले ६० सिटको दाबी गरेको छ । बाँकी रहेका दलहरुले यसमा असहमति जनाएपछि कसले कति सिट पाउने भन्नेमा कुरा मिल्न सकेको छैन, जसका कारण सिट बाँडफाटको काम लम्बिरेहको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्