रुकुम घटनाको बिरोध गर्ने क्रममा सांसद सहित १० जना प्रक्राउ – Kanika Khabar
Friday, March 28Nepali News Portal

रुकुम घटनाको बिरोध गर्ने क्रममा सांसद सहित १० जना प्रक्राउ

    मा प्रकाशित

कनिका खबर
असार १०, काठमाडौँ ।

रुकुम पश्चिममा भएको हत्याको घटनाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउन गएका सांसद सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संयुक्त दलित राजनीतिक संघर्ष समितिका तर्फबाट ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास बालुवाटारतर्फ जाँदै गर्दा सांसद लक्ष्मी परियार सहितको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पूर्वसांसद जीवन परियार सहित सुनिता मरिक, दुर्गा बराइली, राजकुमार हिङमाङ, शर्मिला बागचन्द, शोभा सेन्चुरी, नानीमाया पुर्कोटी, हिक्मत महरा, लक्ष्मी थापा र राम नेपाल रहेका छन् । गत १० जेठमा अन्तरजातीय विवाह गर्न सोती पुगेका नवराज र उनका पाँच जना साथीको हत्या भएपछि संघर्ष समितिले काठमाडौंमा नियमित आन्दोलन र विरोधका कार्यक्रम गरिरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्