निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै – Kanika Khabar
Saturday, May 18Nepali News Portal

निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दै

    मा प्रकाशित

भदौ १६, काठमाडौँ ।
पाँच दलीय सत्ता गठबन्धनले आजपनि प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्ने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटरमा बिहान ११ बजेका लागि बोलाइएको गठबन्धनको बैठकमा मङ्सिर ४ गते हुने चुनावको लागि सिट बाँडफाँड गर्ने विषयमा छलफल हुने भएको हो ।

यसअघि बैठकमा नेपाली काँग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।तर, दलहरूले आ–आफ्नो अडान नछोड्दा सिट बाँडफाँट टुङ्गो लाग्न सकेको छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्