नेपाली काँग्रेसद्धारा सुदूरपश्चिम प्रदेश सभा बैठक अबरुद्ध – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेपाली काँग्रेसद्धारा सुदूरपश्चिम प्रदेश सभा बैठक अबरुद्ध

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक अबरुद्ध गरेको छ । आज बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सांसदले सरकार विरुद्ध नाराबाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

जाँच बिनै क्वारेन्टाइनमा बसेकालाई घर पठाउने गरेको, कोरोना सङ्क्रमणको संवेदनशीलतालाई मध्यनजर गरी काम नगरेको, कोरोना भाइरसको नाममा करोडौँ खर्च गरे पनि सङ्क्रमण रोक्न नसकेको आरोप लगाउँदै बैठक अवरुद्ध गरिएको हो ।
पिसिआर जाँच विना घर पठाइँदा समूदायमा सङ्क्रमणको जोखिम वढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलका नेता रणवहादुर रावलले बताए । २०७५ सालदेखिको बजेट एकलौटी रुपमा आएको भन्दै त्यो कार्य पनि नसच्चिदासम्म संसद अवरुद्ध जारी रहने बताए । काँग्रेसको अवरोधपछि प्रदेश सभाको बैठक असार १२ गते बिहान आठ बजेसम्मका लागि स्थगित भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्