सिट बाँडफाँडमै अलमल सत्ता गठबन्धन – Kanika Khabar
Saturday, May 18Nepali News Portal

सिट बाँडफाँडमै अलमल सत्ता गठबन्धन

    मा प्रकाशित

भदौ १७, काठमाडौँ ।
सत्ता गठबन्धनले लामो समयदेखि नै प्रदेश र प्रतिनिधि सभाको लागि हुन लागेको चुनावमा सिट बाँडफाँड गर्ने भनेपनि त्यसो हुन सकेको छैन ।

हिजो बसेको बैठकमा पनि दलरूले आआफ्नै अडान दोहो¥याएपछि सिटको टुङ्गो लाग्न सकेन । हिजोको बैठकले अब दलहरूले आ–आफ्ना पार्टीभित्र छलफल गरेपछि गठबन्धनको बैठक बसेर सिट बाँडफाँट गर्ने सहमति गरेका छन् ।

कार्यदल सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले न्यायोचित तथा सम्मानजनक हिसाबले सिट बाँडफाँट हुने दाबी गर्नुभयो । प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रबारे एक–एक गरेर त्यहाँ कुन दलले कति मत ल्याएको छ भन्ने लगायत कार्यदलले अध्ययन गरेको थियो । त्यसकै आधारमा सबै पार्टीले पूर्ण सिट सङ्ख्या भन्दा बढी दाबी गरेपछि दलहरू समस्यामा परेका हुन् ।

यसअघि कार्यदलमा काँग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टीले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । यो सिटमा सबै दलले घट्ने गरी सहमति गर्ने तयारी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्