चुनावी रणनीतिका ‘काविल’ बलिभद्र एमालेबाट दाङ २ (क) मा सर्वसम्मत उम्मेदवार – Kanika Khabar
Saturday, May 18Nepali News Portal

चुनावी रणनीतिका ‘काविल’ बलिभद्र एमालेबाट दाङ २ (क) मा सर्वसम्मत उम्मेदवार

    मा प्रकाशित

भदौ १८, दाङ ।

आगामी मंसिर ४ गत हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि दलहरुले उम्मेदवारी सिफारिस गरिरहेका छन् । प्रतिनिधि तथा प्रदेश सभाका निर्वाचनमा उम्मेदवारका लागि आकांक्षीहरुको नाम सिफारिस गर्न दलहरु व्यस्त देखिन्छन् ।

नेकपा एमालेले दाङ क्षेत्र नम्वर २ (क) मा बलिभद्र रानालाई सर्वसम्मत उम्मेद्वार बनाएको छ । राना एमालेभित्र बलियो उम्मेदवार मात्र होइन क्षेत्र नं. २ बाटै प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार हुने पक्कापक्की भइसकेका एमाले महाचिव शंकर पोख्रेलका विश्वासका पात्र पनि हो । राजनीति र समाज सेवालाई समानान्तर रुपमा अगाडि बढाइरहेका राना लोकप्रिय नेता मानिन्छन् । सामाजिक काममा सक्रिय हुँदा होस् या त राजनीतिक क्षेत्रमै सक्रिय रहँदा होस् पार्टीगत आस्थाका आधारमा नभई सन्तुलित रुपमा काम गर्ने स्वभाव भएका कारण पनि राना सबैका प्रिय पात्र मानिन्छन् । युवा वर्गमा लोकपिैय मानिने राना हरेक उमेर समुहका वर्गमा बलियो पकड बनाएका छन् ।

साविक त्रिभुवन नगरापालिकाका (हाल घोराही उपमहानगरपालिक) को मेयर हुँदा होस् या त निर्माण व्यवसायीको नेतृत्व गर्दा होस् राना सफल नेतृत्वको रुपमा प्रमाणित भइसकेका छन् । दर्जनौ सामाजिक संघसंस्थाको नेतृत्व गरेर खारिएका राना नेतृत्वमा काविल मानिन्छन् । त्यसो त यस अघि २ (क) बाटै समानुपातिक उम्मेदवार बनेका राना पार्टीको चुनावी रणनीतिका कमान्डर मानिन्छन् । पार्टीभित्र मात्र होइन अन्तर पार्टीमा समेत राम्रो पकड जमाएका राना चुनावी रणनीतिमा ‘काविल’ मानिन्छन् ।

प्रदेश २ (क) का संयोजक भानसिङ बुढाको अध्यक्षता एवं पोलिटब्यूरो सदस्य नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा बसेको बैठकले लुम्बिनी प्रदेश कमिटी सदस्य रानालाई प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्