दाङमा थप एक वडाध्यक्षमा कोरोना पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङमा थप एक वडाध्यक्षमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।
दाङमा कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै जाँदा जनप्रतिनिधिहरु पनि सङ्क्रमित हुँदै जान थालेका छन् । जनप्रतिनिधिहरु क्वारअन्टिन व्यवस्थापन तथा सङ्क्रमित व्यक्तिहरुको उपचार व्यवस्थापनमा फ्रन्टलाइनमा रहेर काम गर्दै आएका छन् ।
दाङको बङ्गलाचुली गाउँपालिकाका एक वडाध्यक्षलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा वडा अध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कालिका प्राथमिक विद्यालय पुरुङ छेडा र एकीकृत नमुना बस्ती बडीपोखराको क्वारअन्टिन व्यवस्थापनमा खटिएका वडाध्यक्षको बुधबार कोरोना रिपोर्ट पोजेटिभ आएको हो । ।
यसअघि बङ्गलाचुली गाउँपालिकाकै अर्का वडाध्यक्ष र वडाका सदस्यमा पनि कोरोना देखिएको थियो । योसँगै बङ्गलाचुलीमा मात्रै तीन जना जनप्रतिनिधिमा कोरोना पोजेटिभ देखिएको छ ।
साथै दाङमा कोरोना सङ्क्रमित जनप्रतिनिधिको सङ्ख्या चार पुगेको छ । घोराही उपमहानगरपालिकाका एक वडाध्यक्षमा पनि कोरोना पुष्टि भएको थियो
बुधबार वडाध्यक्षसहित ४२ जनामा कोरोना पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्