कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक – Kanika Khabar
Monday, May 20Nepali News Portal

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक

    मा प्रकाशित

भदौ १९, दाङ ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ।

बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको बस विषय र दुई विषयमा परीक्षा दिने परिक्षार्थीहरुका लागि आफूले परीक्षा दिने नम्बरहरू मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ।

त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफूले परीक्षा दिने नियमहरु मध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने छ ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनुपर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्