अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने

    मा प्रकाशित

कनिका संवाददाता
असार १०, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक तत्काल अगाडि नबढाउने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(९नेकपा)ले निर्णय गरेको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा अख्तियारलाई अर्को सत्ता बनाउने गरी विधेयक आएको भन्दै विरोध गरेका थिए । अख्तियारलाई संविधानले दिएकोभन्दा बढी अधिकार दिन खोजिएको र यो भोलिको दिनमा आत्मघाती हुने उनको दाबी थियो । ‘यसलाई संविधान अनुकूल हुने गरी सच्याएर मात्र लैजानुपर्छ’ उनले भनेका थिए ।

जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो विधेयक तत्काल रोक्ने निर्णय सुनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्