आज विभिन्न ६ देशबाट नेपालीहरु स्वदेश फर्कदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज विभिन्न ६ देशबाट नेपालीहरु स्वदेश फर्कदै

    मा प्रकाशित

कनिका खबर
असार ११, काठमाडौँ ।
ज पनि सरकारले विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ । आजको तालिका अनुसार विभिन्न ६ देशबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् ।
त्रिभुवन विमानस्थलका अनुसार आज यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना र कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ ।
यस्तै, कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर आउनेछ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २५४ जना स्वदेश फर्कनेछन् । कतार एअरवेजको जहाज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउनेछन् तालिका रहेको विमानस्थलले जनाएको छ ।
यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । नेपाल एअरलाइन्सका दुई जहाज बहराइनमा समस्यामा रहेका नेपाली लिन त्यसतर्फ जानेछन् ।
हिमालय एअरलाइन्सको चार्टर्ड जहाज मलेसियाको क्लालाम्पुर जाने तालिका रहेको छ । नेपाली लिएर आएका जहाजहरु पनि आजै फर्कने छन् । तर ती जहाजमा यात्रु फर्कन्छन् या फर्कंदैनन् भन्ने टुङ्गो लागेको छैन । यात्रु ल्याउन र लिन जानका लागि आज विमानस्थलमा १३ वटा अन्तर्राष्ट्रिय उडान हुनेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्