भारतले गर्यो दर्जनौँ पाकिस्तानी कूटनीतिक कर्मचारीलाई देश निकाला – Kanika Khabar
Monday, April 13Nepali News Portal

भारतले गर्यो दर्जनौँ पाकिस्तानी कूटनीतिक कर्मचारीलाई देश निकाला

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ

भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत आधा कर्मचारीलाई गुप्तचरी र आतङ्कवादीहरूसँग सम्पर्कमा रहेको आरोप लगाउँदै देशबाट निष्कासन गर्दैछ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानस्थित भारतीय उच्च आयोगमा पनि सोही सङ्ख्यामा कर्मचारी कटौती गर्ने बताएको छ।

वीवीसीका अनुसार पाकिस्तानी अधिकारीहरूले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्।

तर दुई आणविक शक्ति राष्ट्रबीच भारतले तीन साताअघि दुई जना पाकिस्तानी कूटनीतिज्ञलाई देश निकाला गरेपछि तनाव बढेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्