सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न – Kanika Khabar
Sunday, May 10Nepali News Portal

सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

    मा प्रकाशित

सरद सागर देबकोटा
असार ११, दाङ ।

लमही खानेपानि उपभोक्ता तथा सरसफाई सस्थाको आयोजनामा लमही नगरपालिका वडा नम्बर ३को नारायणपुरमा एक दिने खानेपानी स्वच्छता र सरसफाई सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दन्डीराम चौधरीको अध्यक्षता तथा लमही नगरपालकिा वडा नम्बर ३ नारायणेश्वर मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष तथा गाउँ अगुवा अमृत वलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लमही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाका उपाध्यक्ष लिला शाहले खानेपानीको सुरक्षा, त्यसबाट हुने फाइदाका साथै ब्यक्तिगत घरायसी र वातावरणीय सरसफाईकोको बारेमा अबगत गराएका थिए ।

सो अबसरमा बोल्ने अन्य सहभागी बक्ताहरुले नारायणपुर क्षेत्रमा प्रयाप्त पानी नआउने गरेको गुनासो गरेका थिए । उनीहरुले नारायणपुरमा पाईप लाईन दोहोरो रुपमा राख्नुपर्ने माग राखेका छन् । संस्थाका सदस्य तथा लेखा समितिका सयोजक रिषिराम रावतको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रममा स्थानीय समाजसेवी रिम बहादु डाँगी, अमृत वली , लगायतले बोलेका थिए । सदस्य श्यामकला पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा शिता शाहीले धन्यवाद मन्तव्य ब्यक्त गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्