हतियारसहित एकजना पक्राउ – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

हतियारसहित एकजना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ ।
दाङमा हतियारसहित एकजना पक्राय परेका छन् । प्रहरीले हतियारसहित उनलाई पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका–१३, लापेबाट माछे नेपाली भनिने २६ वर्षीय साजन नेपालीलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलबार राति करिब १० बजेको समयमा पुगेको प्रहरीले एक थान भरूवा बन्दुक, एक थान पेस्तोल र भरूवा बन्दुकमा लाग्ने २ सय १० वटा फलामको छर्रा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुमित खड्काले बताए ।

घरमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई मुलुकी संहिता २०७४ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्