काठमाडौंँ उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा – Kanika Khabar
Saturday, June 6Nepali News Portal

काठमाडौंँ उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा

    मा प्रकाशित

असोज १३, काठमाडौँ ।
काठमाडौंँ उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा परेका छन् । हिजो तीन हजार ४ सय ९ सवारी चालक कारबाहीमा परेका काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १ सय ५९ जना, लेन अनुशासन पालना नगर्ने ४२ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

यसैगरी सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १२५, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २४ र अन्य ३ हजार ९ जनालाई कारवाही गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्