सप्तरी अपडेट : चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु – Kanika Khabar
Monday, October 18Nepali News Portal

सप्तरी अपडेट : चट्याङ लागेर सप्तरीमा चार जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असार ११, सप्तरी ।
चट्याङ् लागेर सप्तरीका विभिनन स्थानमा चार जनाको ज्यान गएको छ । बिहीबार बिहान वर्षासँगै परेको चट्याङ्ले जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ्ले ज्यान गएको छ ।

घरमा पूजा लगाएर एकाबिहानै सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा नम्बर २ का एक वृद्ध र युवकको सप्तकोशी नदी छेउमै मृत्यु भएको छ । २७ वर्षीय बेचन यादव र ६० वर्षीय छेदी ठाकुरको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

बिहानै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ् लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए ।

यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ् लागेर मृत्यु भएको छ । घाइते भएका उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउनेबित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छन् । घरमा काम गरिरहेको अवस्थामा चट्याङ्ले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्