थप ४३४ संगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ११ हजार १६२ – Kanika Khabar
Wednesday, November 12Nepali News Portal

थप ४३४ संगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या ११ हजार १६२

    मा प्रकाशित

कनिका संवाददाता
असार ११, काठमाडौं
नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा २२ वटै पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ सय ३४ जना थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको बताउनुभयो । यस्तै प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा ३ सय १२ जना कोरोना सङ्क्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमित भएकामध्ये स्वस्थ हुनेको सङ्ख्या २ हजार ६ सय ५० पुगेको पनि उहाँले बताउनुभयो ।

रसुवा बाहेक सबै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ । यस्तै पाटन अस्पताल ललितपुरमा एक जना र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना गरि २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्