दुग्धजन्य पदार्थमा ५ प्रतिशतसम्म छुट – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

दुग्धजन्य पदार्थमा ५ प्रतिशतसम्म छुट

    मा प्रकाशित

कनिका संवाददाता
असार ११, काठमाडौं
लकडाउन अर्थात् बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २० रुपैयाँ, नौनीमा ८० र धुलो दूधमा १० रुपैयाँ छुट दिइएको छ । घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डिडिसीका सूचना अधिकारी राजेन्द्र अधिकारीले कनिका खबरलाई जानकारी दिनुभयो ।
छुट डिडिसीका बिक्री केन्द्र लैनचौर, खुमलटार, नयाँ सडक तथा आयोजना केन्द्रबाट खरीद गर्दा मात्र पाइने जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्