गण्डकी प्रदेशका ८५ मध्ये अधिकांशले सार्वजनिक गरे बजेट – Kanika Khabar
Thursday, February 13Nepali News Portal

गण्डकी प्रदेशका ८५ मध्ये अधिकांशले सार्वजनिक गरे बजेट

    मा प्रकाशित

कनिका संवाददाता
असार ११, पर्वत
गण्डकी प्रदेशका अधिकांश स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । ८५ वटा स्थानीय तह रहेको गण्डकी प्रदेशमा १२ वटा स्थानीय तहले बजेट नल्याएपनि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बजेट सार्वजनिक गर्ने भाका पछि लाई सारेका छन् ।

पर्वतको जलजला गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा ढिलो भएको भन्दै बजेट केहि दिनमा सार्वजनिक गर्ने जानकारी दिएको छ । मुस्ताङको थसाङ गाउँपालिका, मनाङको नार्पभूमी गाउँपालिका, गोरखाको चुमनुम्ब्री र गण्डकी गाउँपालिकाले पनि बजेट सार्वजनिक गरेका छैनन् । प्राविधिक कारण देखाउँदै बजेट ल्याउन नसकेको सम्बन्धित स्थानीय तहका प्रमुखहरु बताउँछन् । बागलुङको गल्कोट नगरपालिकाले नीति तथा कार्यक्रम मात्रै पारित गरेको नगर प्रमुख भरत शर्मा गैह्रेले जानकारी दिनुभयो । तनहुँको बन्दीपुर नगरपालिका, लमजुङको बेशीशहर र सुन्दर बजार नगरपालिकाले भने असार १९ गते बजेट ल्याउने गरि नीति तथा कार्यक्रम ल्याएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाले कोरोनाका कारण बन्द भएका कारण बजेट ल्याउन नसकेको जनाएको छ भने फेदीखोला गाउँपालिका र हरिनास नगरपालिकाले नीति तथा कार्यक्रम मात्रै ल्याएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्