कोरोना भाइरस विरुद्धको खोपको मानिसमा परीक्षण सुरु – Kanika Khabar
Sunday, May 31Nepali News Portal

कोरोना भाइरस विरुद्धको खोपको मानिसमा परीक्षण सुरु

    मा प्रकाशित

कनिका डेस्क
असार ११, दाङ

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपको मानिसमा परीक्षण सुरु भएको छ । ब्राजिल र दक्षिण अफ्रिकामा दुई हजार स्वयंसेवीहरुलाई हिजै कोरोना भाइरसको विरुद्धको खोप दिइएको हो । बेलायतको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिक र एस्ट्रेजेनेका औषधि उद्योगले मिलेर खोपको विकास गरेका हुन् । ब्राजिलको साओ पालो स्थित फेडरेल यूनिभर्सिटीका अध्ययनकर्ताहरुले खोपको डोज स्वयंसेवीहरुलाई दिएका हुन् ।

ब्राजिल र अफ्रिकी मुलुकमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले यसको परीक्षण ती मुलुकमा गरिएको हो । परीक्षणमा सहभागि भएकामध्ये केही एचआईभी संक्रमित पनि छन् । उनीहरुमा कोरोना विरुद्धको खोप दिइसकेपछि १२ महिनासम्म निगरानमा राखिनेछ र कोभिड १९ को रोगबाट बचाउनमा खोप कति उपयोगी हुन्छ भन्ने कुराको पत्ता लगाइनेछ ।

यस्तै बेलायतमा पनि कोरोना भाइरस विरुद्धको खोपको परीक्षणमा मानिसमा गर्ने तयारी भएको छ । बेलायतको इम्पेरियल कलेजमा ३ सय मानिसहरुमाथि कोरोना विरुद्धको खोपको परीक्षण गरिने भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्