बहुराष्ट्रिय कम्पनी युनिलिभरले सुन्दरताको परिभाषालाई समावेशी बनाउने – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

बहुराष्ट्रिय कम्पनी युनिलिभरले सुन्दरताको परिभाषालाई समावेशी बनाउने

    मा प्रकाशित

कनिका डेस्क
असार ११, दाङ

सौन्दर्य प्रसाधनका सामाग्रीहरु उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी युनिलिभरले सुन्दरताको परिभाषालाई समावेशी बनाउने निर्णय गरेको बताउँदै गोरो वा सेतो रंगलाई महत्व दिने शब्दहरु आफ्ना उत्पादनबाट हटाउने निर्णय गरेको जनाएको छ ।

युनिलिभरले बिहीबार आफ्नो वेबसाइट मार्फत् फेयर(फेयरनेस’,‘ह्वाइट–ह्वाइटेनिङ’ र ‘लाइट–लाइटेनिङ’जस्ता शब्दको प्रयोग आफ्ना उत्पादनको ब्रान्डिङ र विज्ञापनबाट हटाउने घोषणा गरेको हो । फेयर एन्ड लभ्ली क्रिमबाट पनि फेयर शब्द हटाइने भएको र यसको नयाँ नामाकरण केही महिनामा गरिने बताइएको छ ।

कम्पनीका ब्युटी एन्ड पर्सनल केयरका प्रमुख सन्नी जेनले भनेका छन्, ुहामी छालाको कुनै एउटामात्रै रंग सुन्दर हुन्छ भन्ने होइन कि हरेक रंग सुन्दर हुन्छन् र सौन्दर्य कुनै एउटामात्रै रंगमा निहीत छैन भन्ने मान्यता राख्छौं । फेयर, ह्वाइट र लाइट ९गोरो र सेतो० शब्दको प्रयोगले एक किसिमको रंग र वर्णलाई मात्र सुन्दरका रुपमा संकेत गर्छ र यो ठिक होइन भन्ने कुरालाई हामी स्वीकार गर्छौं । यी शब्दको प्रयोगलाई नयाँ ढंगले संवोधन गर्न चाहन्छौं ।ु उनले भनेका छन्, ुहामी छालाको चमक बढाउने र निखार ल्याउने उत्पादनहरुमा प्रयोग हुने भाषालाई परिवर्तन गर्न चाहन्छौं ।ु

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्