कनिका डेस्क
असार ११, दाङ
नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । कांग्रेस पार्टी कार्यालय अगाडिबाट निस्केको जुलुस राजविराजका विभिन्न भाग परिक्रमा गरेको थियो । सहभागीहरुले नागरिकता विधेयक खारेजी, पीसीआर परीक्षणको दायरा बढाउनुपर्नेजस्ता नारा लगाएका थिए ।
स्थानीय नेता चोकमा प्रहरीले मसाल खोस्न थालेपछि केहीबेर घम्साघम्सी भएको थियो ।
नागरिकता विधेयक खारेज नभएसम्म दैनिक रुपमा आन्दोलन जारी राख्ने नेपाल विद्यार्थी संघ सप्तरीका अध्यक्ष घनानन्द यादवले बताए ।