प्रहरी निरीक्षक र कानुन व्यवसायी घुससहित पक्राउ – Kanika Khabar
Sunday, March 15Nepali News Portal

प्रहरी निरीक्षक र कानुन व्यवसायी घुससहित पक्राउ

    मा प्रकाशित

कनिका खबर
असार १२, धनगढी ।
एक प्रहरी निरीक्षक र कानुन व्यवसायी घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित बिहीबार रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई धनगढी उपमहानगरपालिका वडा नं. १ स्थित लिगल एडभोकेट सर्भिस सेन्टरबाट पक्राउ गरेको हो । प्रहरी कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी विष्टमार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्कीमाथि निगरानी बढाएको थियो

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्