विदेशमा अलपत्र एक हजार दुई सय नेपाली आज काठमाडौँ आउने – Kanika Khabar
Monday, April 13Nepali News Portal

विदेशमा अलपत्र एक हजार दुई सय नेपाली आज काठमाडौँ आउने

    मा प्रकाशित

कनिका संवाददाता
असार १२, काठमाडौं
नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण बिभिन्न देशमा अलपत्र नेपालीको आज पनि हवाइ उद्धार हुनेभएको छ । आज एक हजार दुई सय नेपाली काठमाडौँ आउनेभएका छन् । बहराइन, युएई, कुवेत र मलेसियामा अलपत्र नेपाली स्वदेश फर्कन लागेका हुन् । पर्यटन मन्त्रालयका अनुसार कुवेतबाहेक सबै मुलुकबाट आज दुईदुई वटा उडान हुँदैछन् । बहराइनबाट दइटै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुनेछ । युएईमा हिमालयन र एयर अरेविया, कुवेतमा जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सको जहानबाट हुँदैछ । अलपत्र नेपालीलाई ल्याएर ल्याएर काठमाडौँ, भक्तपुर र ललितपुरमा तयार पारिएका होल्डिङ सेन्टर अर्थात विश्राम केन्द्रमा राखिनेछ । नेपाली सेनाको टोलीले उनीहरूको सामान्य स्वाथ्य जाँच र विवरण लिएपछि सम्बन्धित प्रदेशमा क्वारेन्टाइनमा बस्ने गरी पठाइनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्