बढ्दै तिहारको रौनक : किसानलाई माला गाँस्न भ्याइनभ्याइ – Kanika Khabar
Saturday, May 18Nepali News Portal

बढ्दै तिहारको रौनक : किसानलाई माला गाँस्न भ्याइनभ्याइ

    मा प्रकाशित

सुशीला ओली
कार्तिक ४, दाङ ।
फूल खेति गरेका दाङका किसानलाई यतिबेला टिपेर माला गाँस्न भ्याइनभ्याइ छ ।तिहारका लागि तयार पार्नुपर्ने भएकाले किसानलाई यतिबेला फूल टिप्ने र माला उन्ने धपेडी बढेको हो ।

दाङको घोराही उपमहानगरपालिका–१३ का इन्द्रा बुढामगरले पनि तिहारका लागि फूलको माला गाँस्न सुरु गरिसक्नुभयो । माला तयार पारेर कोल्डस्टोरमा राख्ने र केही दिन पछिदेखि बजारमा पु¥याउने उहाँको तयारी छ । उहाँले ६ वर्षदेखि व्यावसायीक फूल खेती गर्दै आउनुभएको छ ।

घोराही उपमहानगरपालिका–१४, झिगौरामा लोकेन्द्र रोका मगर अहिले सयपत्री फूल टिपेर माला उन्न व्यस्त हुनुहुन्छ । सात वर्ष कतारमा बिताएका रोकाले नेपाल फर्केर फूल खेती थाल्नुभएको हो । फूल खेतीबाटै कतारमा गर्ने आम्दानी गर्न सक्ने देखेपछि उहाँले व्यावसायिक फूल खेती थाल्नुभएको हो ।

दाङमा वार्षिक ५० लाखभन्दा धेरै रुपैयाँको फूलको कारोबार हुने गरेको छ । फूल खेतीबाट रोजगारी र राम्रो कमाइ हुने देखेपछि नगर युवा सञ्जाल तुलसीपुरमा आबद्ध युवाले पनि फूल खेती गर्दै आएका छन् ।

तुलसीपुर–१ को भमके तथा तुलसीपुर–८ को अश्वारा र दुधेना कृष्ण मन्दिरनजिक गरी नौ कठ्ठा भन्दाबढी जग्गामा फूल खेती गरिएकोनगर युवा सञ्जाल तुलसीपुरका अध्यक्ष गणेश भण्डारी बताउनुहुन्छ ।

जिल्लामा फूल खेती बढेसँगै फूल र मालाका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्था अन्त्य भएको छ । यसले फूलका लागि विदेशिने रकम जिल्लामै रोकिएको मात्र छैन रोजगारी र आम्दानी पनि बढेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्