गठबन्धनका उम्मेदवार जिताउन लाग्नुहोस् : पौडेल – Kanika Khabar
Thursday, March 20Nepali News Portal

गठबन्धनका उम्मेदवार जिताउन लाग्नुहोस् : पौडेल

    मा प्रकाशित

कार्तिक ७, काठमाडौँ ।
सत्ता गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले एक अर्काको नभनेर गठबन्धनका उम्मेदवार जिताउन लाग्न आग्रह गर्नुभएको छ ।

सत्ता गठबन्धन बागमती प्रदेश भेलामा पौडेलले पाँच दलका उम्मेदवारलाई गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्न आग्रह गर्नुभएको हो ।

काँग्रेसका वरिष्ठ नेता पौडेलले माओवादीको चुनाव चिन्हमा भोट हाल्न पनि नडराउन आग्रह गर्नुभयो । काँग्रेस नेतृत्वमा मात्र गठबन्धन नभएको भन्दै एमाले नेतृत्वमा पनि गठबन्धन बनेको उहाँको भनाइ छ । पाँच दलीय गठबन्धन देशको भविष्यका लागि बनेको पौडेलको दाबी थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्