‘चुनाव जित्नका लागि झुटको प्रचार गर्दैनौ’ – Kanika Khabar
Thursday, May 16Nepali News Portal

‘चुनाव जित्नका लागि झुटको प्रचार गर्दैनौ’

    मा प्रकाशित

दाङ, ७ कात्तिक । सत्ता गठबन्धनका उम्मेदवारहरुले चुनाव जित्नका लागि मात्रै झुटको प्रचार नगर्ने बताएका छन् । प्रेस युनियन र प्रेस सेन्टर दाङले सयुक्त रुपमा घोराहीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै दाङ क्षेत्र नं. २ का उम्मेदवारहरुले आफुले विगतमा गरेका र गर्न सक्ने कामहरुको बारेमा जनतालाई जानकारी गराउँदै भेटघाट गरिरहेको बताएका हुन ।

गठबन्धनका उम्मेदवारहरुले चुनाव जित्नका लागि मात्रै झुटको प्रसार नगर्ने बताएका हुन । कार्यक्रममा बोल्दै क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार रेखा शर्माले चुनाव जित्नका लागि झुट्टा प्रचारभन्दा भएका यथार्त कुराहरु जनतासँग राख्ने गरेको बताइन । ‘हामीले निर्वाचनका क्रममा गाउँगाउँमा जादा जनतासँग मतको आशमा झुट्टा आश्वासन दिने गरेका छैनौ । भएका यथार्त कुराहरु जनतासँग राख्ने र जनताका गुनासाहरु सुन्ने गरेका छौ’,उम्मेदवार शर्माले भनिन्,‘मतदाताका कुराहरु सुन्दा विपक्षी उम्मेदवारहरुले झुट्टा प्रचार र प्रलोभन देखाएर भोट माग्ने काम गरिरहनुभएको छ । त्यसलाई चिर्ण आवश्यक छ ।’

कार्यक्रममा क्षेत्र नं. २ (१) का उम्मेदवार राजु खनालले हावादारी विकासका गफहरु भन्दापनि देखिने विकास चाहिएको भन्दै त्यो विकास कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन सरकारले गर्ने बताए । उनले दाङको विकास कस्को पालामा कति भएको छ भन्ने कुरा जनताले बुझ्नुपर्ने त्यसका लागि मिडियाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । ‘जिल्लाको विकास कस्का पालामा कति भएको छ ? आगामी दिनमा जिल्लाको विकासका लागि कस्ले योग्य,सक्षम र अनुभवी उम्मेदवार बनाएको छ ? त्यो कुरा जनतालाई बुझाउन आवश्यक छ’,उम्मेदवार खनालले भने,‘त्यसका लागि मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्छन ?

त्यसैगरी क्षेत्र नं. २ (२)का उम्मेदवार प्रचण्डविक्रम न्यौपाने ‘गुण्टु’ले दाङको विकास गर्न सक्ने सक्षम, बौद्धिक, क्षमतावान र योग्य उम्मेदवार अहिले गठबन्धनले बनाएको बताए । उनले मंसिर ४ गते हुने चुनाव जित्नका लागि मात्रै नभएर पाँच बर्ष दाङको विकासका लागि समेत भएकाले विकास नेतृत्व गर्न सक्ने उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताएका थिए । ‘चुनावमा उम्मेदवारलाई जिताउने मात्रै होइन, दाङको विकासका लागि पाँच बर्ष नेतृत्व गर्ने प्रतिनिधि चयन गर्ने हो’,उम्मेदवार न्यौपानेले भने,‘त्यसका लागि कुन योग्य उम्मेदवार छन ? त्यो जनतालाई चिनाउन आवश्यक रहेको छ । त्यसका लागि संचारको भूमिका रहन्छन ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्