आफ्नो पहलका देशभरका खरका छानो मुक्त अभियान सफल : मन्त्री चौधरी – Kanika Khabar
Thursday, May 16Nepali News Portal

आफ्नो पहलका देशभरका खरका छानो मुक्त अभियान सफल : मन्त्री चौधरी

    मा प्रकाशित

दाङ, कार्तिक ८ ।

शहरी बिकास मन्त्री मेटमणी चौधरीले आफ्नो पहलका देशभरका खरका छानो मुक्त अभियान सफल भएको बताउनु भएको छ । आफ्नो चुनावी क्षेत्र घोराही उपमहानगरपालिका वडा न १ काडाखुट्टिमा आज भएको चुनावी कार्यक्रममा बोल्दै उहाले आफ्नो पहलमा देशभर खरले छाएका छानो हटाएर टिन लगाउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

 

टिनको छानो लगाउन बाकी ८ हजार ३ सय घरमा टिन लगाउनका लागि बजेट बिनियोजन गरिसकेको बताउनुभयो । आफू साम्सद भएर गएपछि खरको छानो हटाउने र भूमिहीनलाई जग्गा दिने कार्यक्रम भएको दावी गर्नुभएको छ ।

 

दस वर्ष सम्म बसेको ठाउँ सम्बन्धित भूमिहिनलाई पूर्जा दिने गरि काम अन्तिम चरणमा पुगेको भनाइ उहाँको छ । अहिलेको गठबन्धन देशको निकास दिनका लागि भएको मन्त्री चौधरीको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्