पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका संवाददाता
असार १२, जुम्ला
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र जुम्लाका एकरएक जना रहेका छन् । यस्तै काठमाडौंका एक व्यक्तिमा पनि कर्णालीमा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

त्यसमा सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १२ र वराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यानको शारदा नगरपालिकाका तीन, जाजरकोटको शिवालय गाउँपालिकाका दुई र मुगु छायानाथ रारा नगरपालिकाका, जुम्लाको सिञ्जा गाउँपालिकाका र काठमाडौंको टोखा नगरपालिकाका एकरएक जना रहेका छन ।

योसँगै कर्णालीमा संक्रमितको संख्या १४३३ पुगेको छ। शुक्रबार २८ जना कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७२० पुगेको महाशाखाले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्