एमालेले भ्रमकाे खेती मात्र गर्छ : गठबन्धनका उम्मेदवार – Kanika Khabar
Thursday, May 16Nepali News Portal

एमालेले भ्रमकाे खेती मात्र गर्छ : गठबन्धनका उम्मेदवार

    मा प्रकाशित

घाेराही, १३ कार्तिक । दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा २ (१) र २(२) का गठबन्धनका साझा उम्मेदवारहरूले एमालेले भ्रमकाे खेती गरिरहेकाे बताएका छन् ।

उनीहरूले गठबन्धन सरकारले गरेका विकासका कामलाई एमालेले आफूले गरेकाे भन्दै भ्रम छरिरहेकाे बताएका हुन् । आफ्नाे निर्वाचन क्षेत्रका मतदाताहरूसँगकाे भेटमा गठबन्धनका उम्मेदवारहरूले संघीय तथा प्रदेश सरकारले गरेका विकासका कामहरूलाई स्थानीय सरकारले गरिरहेकाे भन्दै भ्रम छरिरहेकाे बताए ।

प्रतिनिधिसभा सदस्य दाङ निर्वाचन क्षेत्र नं २ का उम्मेदवार एवम् पूर्वमन्त्री रेखा शर्मालले दाङमा माओवादी र काङ्रेस सरकारमा हुँदा धेरै विकास निर्माणकाे काम भएकाे बताउनुभयाे । “हामीले गरेकाे विकासलाई एमालेले आफूले गरेकाे भनेर भ्रमकाे खेती गरिरहेकाे छ,” उहाँले भन्नुभयाे, “दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्राविधिक कलेजहरू, इञ्जिनियरिङ कलेज लगायतका पूर्वाधार हामीले ल्याएका हाैं ।”

प्रदेशसभा दाङ २ (१) का उम्मेदवार राजु खनालले घाेराही-तुलसीपुर सडक खण्ड निर्माणकाे ठेक्कामा एमालेका नेताहरू जाेडिएकाले काम अलपत्र परेकाे बताउनुभयाे ।

प्रदेशसभा दाङ २ (२) का उम्मेदवार प्रचण्डविक्रम न्याैपाने “गुन्टु” ले एमालेले दाङकाे विकासका लागि कुनै गतिलाे याेजना ल्याउन नसकेकाे आराेप लगाउनुभयाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्