लकडाउनको मोडालिटीबारे बैठक बस्दै – Kanika Khabar
Friday, April 26Nepali News Portal

लकडाउनको मोडालिटीबारे बैठक बस्दै

    मा प्रकाशित

कनिका संवाददाता

बैशाख १४, काठमाडौँ ।

सरकारले पछिल्लो समयमा थप गरेको लगडाउनको समय भोलि (सोमबार) सकिन लागेको छ । यसै सन्दर्भमा लकडाउनबारे निर्णय गर्न मन्त्री परिषद बैठक बस्दै छ । लकडाउन कति सम्म थप्ने ? अनि यसको मोडालिटी कस्तो बनाउने भन्ने टुङ्गो आज बस्ने मन्त्री परिषदले लगाउनेछ ।

यसअघि शनिवार बसेको कोरोना नियन्त्रण उच्च स्तरीय समन्वय समितिले भने थप एक हप्ता लकडाउने गर्नुपर्ने सुझाव सरकारलाई दिइसकेको छ । लकडाउन थपिए पनि मन्त्री परिषद्ले लकडाउनको मोडालिटी खुकुलो बन्ने गरी निर्णय गर्ने चर्चा चलेको छ । लगडाउनको अवधि थप भए पनि कस्तो प्रकारको खुकुलो रहने हो र कस्तो मोडालिटी तय हुने हो भन्ने बारे थुप्रे आँकलन पनि भइरहेका छन् । मन्त्री परिषद बैठक आज दिउँसो बस्दै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्