उदयपुरका थप ४ जना कोरोना मुक्त भएर घर फर्किए – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

उदयपुरका थप ४ जना कोरोना मुक्त भएर घर फर्किए

    मा प्रकाशित

कनिका खबर
असार १२, उदयपुर ।
आज उदयपुरका थप ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै प्रदेश नम्बर १ मा निको हुनेको संख्या ३ सय ५५ पुगेको छ । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आइसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।
मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन् ।
आज प्रदेश नम्बर १ मा थप मोरङमा १, सुनसरीमा २ र झापामा ४ जना गरी जम्मा ७ जना संक्रमित थपिएका छन् । योसँगै १ नम्बर प्रदेशमा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्