राजु सदाको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको घोषणा – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

राजु सदाको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रदेश सरकारको घोषणा

    मा प्रकाशित

कनिका खबर
असार १२,धनुषा ।

जीवन जल समेत खान नपाएर आइसोलेसनमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप पाँच लाख दिइने जानकारी दिए ।

घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताए । प्रदेश सरकारले हिजो मात्र १६ वर्षीया राजु सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।
जेठ तीन गते भारतको अहमदावादबाट आएका राजुलाई गाउँकै क्वारेन्टाइनमै राखिएको थियो । १७ दिनसम्म क्वारेन्टाइनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो । त्यही उनको स्वाब संकलन गरिएको थियो । तर समयमै रिपोर्ट नआएका कारण उनले झाडापाखालाको समेत राम्रो उपचार पाएनन् र सोमबार मृत्यु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्