असार १२, दाङ ।
ल्ला बाल अधिकार समिति गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा जिल्ला बाल अधिकार समिति गठन भएको हो ।
समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकारी, जिल्ला न्याधिवक्ता, जिल्ला प्रहरी प्रमुख, घोराही उपमहानगरपालिका प्रमुख प्रशासकिय अधिकृत, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र जिल्ला बाल न्याय समितिका प्रतिनिधि छन् ।
त्यसैविच समितिको शुक्रवार बसेको बैठकले विभिन्न क्षेत्रबाट जयनारायण पुन, निर्मल नेपाली, डा माधव गोहित, कमला थापा, बालबालिकाबाट आरजु बस्नेत र सन्तोष न्यौपानेलाई सदस्यमा मनोनित समेत गरेको छ ।
समितिको सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापा रहेकी छिन् । बैठकले बाल अधिकार सम्बन्धि कार्य योजना पास गरेको छ । बैठकले चालु आवमा विभिन्न कारणले हिंसा तथा विपत्तमा परेका बालबालिकाको उद्धार, उपचार र पुर्नस्थापना गर्ने निर्णय गरेको छ ।
त्यसैगरेर बैठकले बालबालिकाको हक अधिकार स्थापितको लागि प्रचार प्रसारका कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । बैठक समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।