निजी विद्यालयका शिक्षक कर्मचारीको पक्षमा इस्टु आन्दोनको तयारीमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

निजी विद्यालयका शिक्षक कर्मचारीको पक्षमा इस्टु आन्दोनको तयारीमा

    मा प्रकाशित

कनिका खबर
असार १२, दाङ ।
बन्दाबन्दीको कारण लामो समयम्म विद्यालय बन्द भएपछि शिक्षक कर्मचारीहरु पनि मर्कामा परेका छन् ।
प्रायः विद्यालयहरुले चैत्र महिनादेखिको तलब भुक्तानी गरेका छैनन् । कतिपय निजी विद्यालयले चैत्र महिनाको तलब खुवाए पनि वैशाखदेखि शुल्क उठाउन नपाएपछि तलब दिन नसकिने भन्दै अधिकांश विद्यालयले तलब दिएका छैनन् । झण्डै तिन महिनादेखि तलब भुक्तानी नहुँदा निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको अवस्था झनझन गम्भीर बन्दै जान थालेको छ ।
यसैबिच संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) आन्दोलनको तयारीमा जुटेको छ । चैत्र महिनादेखि तलब नपाएको तथा हाल अनलाइन लगायत शिक्षण सिकाइका कार्य गरेको भएपनि न्युनतम तलबसमेत पाउन नसकेको भन्दै युनियन आन्दोलनको तयारीमा लागेको हो ।

यसैबीच, निजी विद्यालय शिक्षक युनियन (इस्टु)ले आज छायाँ सरकारका शिक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाको ध्यानाकर्षण गराएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्