दाङ, ४मंसिर ।
दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ४ लाख १४ हजार ९ सय ५६ मतदाता छन् । क्षेत्र नं दशमलव १ मा १ लाख ३४ हजार ७ सय ३३ मतदाता छन् । प्रदेश निर्वाचन कार्यालय दाङकाअनुसार क्षेत्र नं दशमलव १ (१) मा ७० हजार २ सय ६७ मतदाता छन् । ३५ हजार ३ सय ७९ पुरुष तथा ३४ हजार ८ सय ७ महिला मतदाता छन् । यो निर्वाचन क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकासँगै राजपुर गाउँपालिका वडा नं दशमलव १, २ र ३ नं दशमलव पर्ने गर्दछन् । यस क्षेत्रमा २४ वटा निर्वाचनस्थल र ७ वटा निर्वाचन केन्द्र छन् ।
निर्वाचन क्षेत्र नं दशमलव १ (ख) मा ६४ हजार ४ सय ६६ मतदाता रहेका छन् । तीमध्ये ३२ हजार २ सय ६२ पुरुष र ३२ हजार २ सय ४ जना महिला मतदाता छन् । यस निर्वाचन क्षेत्रमा २७ मतदानस्थल र ७४ मतदान केन्द्र छन् । यो प्रदेशसभा निर्वाचन क्षेत्र लमही नगरपालिका, राजपुर गाउँपालिका वडा नं दशमलव ४, ५, ६ र ७ सँगै घोराही उपमहानगरपालिका वडा नं दशमलव १, २, ३ र ५ पर्ने गर्दछन् । क्षेत्र नं दशमलव २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता छन् । यो क्षेत्र सबैभन्दा कम मतदाता भएको निर्वाचन क्षेत्र हो ।
निर्वाचन क्षेत्र नं दशमलव २ (१) मा ३० हजार ५ सय ५३ पुरुष र ३२ हजार ७ सय ६९ जना महिला मतदाता गरी यस क्षेत्रमा ६३ हजार ३ सय २२ मतदाता छन् । यस निर्वाचन क्षेत्रमा २५ मतदानस्थल र ६८ मतदान केन्द्र रहेका छन् । यो निर्वाचन क्षेत्र बंगलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिका वडा नं दशमलव ४, १३, १४, १५, १७, १८ र १९ पर्छन् । निर्वाचन क्षेत्र २(२) मा ७० हजार ४ सय २६ मतदाता रहेका छन् । जसमध्ये पुरुष ३४ हजार ४१ र महिला ३६ हजार ३ सय ५ रहेका छन् । यस निर्वाचन क्षेत्रमा २३ मतदान स्थाल र ७ मतदान केन्द्र छन् । यस क्षेत्रमा घोराही उपमहानगरपालिका वडा नं दशमलव ६, ७, ९, १०, ११, १२ र १६ तथा तुलसीपुर उपमहानगरपालिका वडा नं दशमलव १६, १७, १ र १९ नम्बर पर्छन् ।
क्षेत्र नं दशमलव ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेका छन् । जसमध्ये क्षेत्र नं दशमलव ३ (१) मा ६६ हजार ४ सय ८६ मतदाता रहेका छन् । जसमा ३२ हजार १ सय ६६ पुरुष र ३४ हजार ३ सय २० महिला मतदाता छन् । यस क्षेत्रमा २१ मतदान स्थल र ७४ मतदान केन्द्र छन् । यो क्षेत्रअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नं दशमलव ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४ र १५ पर्दछन् ।
यसैगरी निर्वाचन क्षेत्र नं दशमलव ३ (२) ७९ हजार ९ सय ८९ मतदाता रहेका छन् । जसमध्ये ३९ हजार ५ सय ९ पुरुष र ४० हजार ४ सय ८१ महिला मतदाता छन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको उक्त क्षेत्र पश्चिम दाङका बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिकासँगै तुलसीपुर उपमहानगरपालिका वडा नं दशमलव १, २, १० र ११ पर्दछन् । यस निर्वाचन क्षेत्रमा ३३ वटा मतदानस्थल र ९३ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।