राम्जी रानाभाटकाे शब्द र संगीत रहेको ` मान्छे बनौला ´ गीतकाे भिडियो सार्वजनिक – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राम्जी रानाभाटकाे शब्द र संगीत रहेको ` मान्छे बनौला ´ गीतकाे भिडियो सार्वजनिक

    मा प्रकाशित

निराज रानाभाट , काठमाडौं  ।  राम्जी रानाभाटकाे शब्द र संगीत रहेको ` मान्छे बनौला ´ गीत सार्वजनिक भएको छ ।

` मान्छे बनौला ´ काे गीतमा चर्चित बाल गायक तथा कलाकार सुप्रिम मल्ल ठकुरीकाे आवाज रहेको छ । गीतमा राम्जि रानाभाटकाे शब्द तथा संगीत रहेको छ , भने विवेक रानाभाट , सिर्जना आचार्य , प्रकाश तिमिल्सिना , शाेभा थापा , विवेक रानाभाट २ , कल्पना ढुंगाना , अरुण पौडेल , मिरा तिमिल्सिना , राम्जि रानाभाट र प्रियान्सु आचार्यको अभिनय रहेको छ ।

उक्त गीतमा झलक संगीतम् काे एरेन्ज / मिक्सिङ्ग रहेको छ , भने मिरा तिमिल्सिना निर्मातामा रहेकी छिन् । गीत आलाप स्टुडियोमा रेकर्डिङ गरिएको हो , भने रेकर्डमा रेम सुनार रहेको छन ।

त्यस्तै , गीतको निर्देशन सबिन कुमार ताेलाङ्गीले गरेका हुन , भने सह – निर्देशनमा बिकल क्षेत्री रहेका थिए । गीतमा नृत्य निर्देशन रबि सुनार र यम गुरुङले गरेका हुन् ।

त्यसैगरी , गीतको छायांकन बिरेन्द्र परियारले गरेको छन । गीतको सम्पादन / पोष्टर अनिल बिष्ट प्युठानीले गरेका हुन । श्रृंगारमा मदन न्यौपाने र सन्तोषी आचार्य रहेका छन् ।

उक्त गीतको नृत्यमा कृशला श्रेष्ठ , सुप्रिया खड्गी , वर्षा मानन्धर , इशा शर्मा , आकृति पोख्रेल र राेजिता तामाङ रहेका छन् । गीतको उत्पादन तथा वितरकामा आलाप स्टुडियो रहेको छ , भने दृश्य निर्माणमा जल राप्ती डिजिटल म्युजिक प्रा.लि. रहेको छ ।

उक्त गीत ` आलाप स्टुडियो ´ युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्